कांग्रेसले समानुपातिककाे बन्दसूचीलाई अन्तिम रुप दिँदै

कांग्रेसले समानुपातिककाे बन्दसूचीलाई अन्तिम रुप दिँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो बुझाउने भएको छ । 

कांंग्रेसले दिउँसो ३ बजे निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने तयारी गरेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर आयोगमा बुझाइने जानकारी दिए । 

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ । प्रदेशगत रुपमा बालुवाटार भित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । 

कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाइरहेका छन् । मधेस प्रदेशबाट विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना लगायतका शीर्ष नेताको नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ ।

अन्य प्रदेशमा शीर्ष नेताहरुले अहिलेसम्म समानुपातिकमा बस्ने इच्छा नदेखाएको पाइएको छ । 

Logo