संघीय निर्वाचनमा ५०६ पर्यवेक्षक परिचालन गर्ने तयारी

संघीय निर्वाचनमा ५०६ पर्यवेक्षक परिचालन गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७७ जिल्लामा ५०६ जना निर्वाचन पर्यवेक्षक परिचालन गरिने तयारी भएको छ । 

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै संघीय निर्वाचनका लागि ७७ जिल्लामा ५०६ निर्वाचन पर्यवेक्षक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । 

पर्यवेक्षक परिचालन गर्दा लामो समयका लागि ४६ जिल्लामा र छोटो समयका लागि सबै जिल्लामा खटाइने समितिले जनाएको छ । निर्वाचन पर्यवेक्षणमा परिचालन गरिने पर्यवेक्षकले निर्वाचनका विविध आयामहरुमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनको समष्टिगत पक्षहरुको–व्यवस्थापकीय प्रबन्ध, जनसहभागिता, समावेशिता, सुरक्षा र राजनीतिक दल लगायत अन्य सरोकारवालाको सहयोग लगायत निर्वाचनको वैधता प्रमाणिकरणका लागि आवश्यक अन्य विधि तथा प्रक्रियागत पक्ष जस्तै निर्वाचनको स्वतन्त्रता, निष्पक्षता, तटस्थता र समानता–पर्यवेक्षण गरिने छ ।

 

Logo