नेपाल पत्रकार महासंघले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेपछि राजनीतिक माहोल तातिइरहेका बेला महासंघले विज्ञप्तिमार्फत द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गरेको हो ।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा महासंघ जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैँ उभिदै आएको स्पष्ट गरिएको छ । ‘संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सधै क्रियाशील रहँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाहरूलाई पूर्णतः पालना गर्नुपर्दछ भन्ने कुरालाई महासंघ विशेष जोड दिन चाहन्छ ।’
पछिल्लो घटनाक्रमलाई संवैधानिक विधिबाट निकास दिन पनि महासंघले आग्रह गरेको छ ।





























प्रतिक्रिया