राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरुसँग परामर्श गरिरहेका छन् ।
संसद्बाट पारित भएको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले कानुनविद् सँग छलफल गरिरहेका हुन् ।
राष्ट्रपतिको निर्णयविरुद्ध कस्तो कदम चाल्ने भन्नेबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरूसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि सत्ता गठबन्धनले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको निष्कर्ष निकालेको थियो ।
राष्ट्रपतिले संघीय संसद्को दुवै सदनबाट पास भएको विधेयकलाई दोस्रोपटक मंगलबार सम्ममा प्रमाणीकरण गर्नुपर्ने थियो । तर, उनले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।प्रधानमन्त्री देउवाले कानुनविद्हरूको राय लिएर आगामी कदम चाल्ने बताइएको छ ।
राष्ट्रपतिको पछिल्लो कदमका विरुद्ध चौतर्फि आलोचनाका साथै विरोध प्रदर्शन भइरहेका छन् ।





























प्रतिक्रिया