1

मिनेन्द्र रिजालको कटाक्ष- 'अर्कोपटक कांग्रेसबाहेक कसको सरकार बन्छ ?'

1
1
1

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले अर्कोपटक कांग्रेसको सरकार बन्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शून्य समयमा बोल्दै रिजालले प्रश्न गरे, ‘अर्को पटक कांग्रेसबाहेक कसको सरकार बन्छ ? जनताले लडेर सरकार बनाइदिएकाले धेरै अहमता नदेखाउन पनि उनले आग्रह गरे।

‘कयौँ पटक लडेका मानिसहरुले बनाएको सरकार हो’, रिजालले भने, ‘एक पटकको लडाइँले जीवनभरी जे पनि गर्ने लाइसेन्स दिँदैन। यस्तो काम देखेपछि त अर्को पटक कांग्रेसबाहेक कसको सरकार बन्छ ?’

एक वर्षमै पानी जहाज र रेल भन्नेको घाँटी सुकेको छ। प्रधानमन्त्रीले आर्थिक वृद्धिको टिप्पणी सुन्दा अर्थमन्त्रीको चिन्ता लाग्यो’, उनले भने, ‘जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पदान करार खोई? बजेट कार्यसम्पादन करार संसद र सरकारको पुरा गर्न सक्नु भएन। जनतासँग तपाईँले गरेको करार पूरा गरेको खोई?’

आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि आफू पदमा नबस्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: १ भदौ २०७६ १३:५६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी