कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ । 

समितिको आज बसेको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी दिने निर्णय गरेको हो । 

समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ ।  बुधबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका थिए। 

Logo