नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताए ।
सम्मानित नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताए । उनले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकोले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले भने ‘अबको अवस्थामा एउटा समृद्ध नेपाल निर्माण गर्ने उत्तरदायित्व हाम्रो सामु छ । त्यसलाई पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सुदृढ गर्नुपर्छ । देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने, देशमा भोगिरहेका जतिपनि समस्या छन्, समाधान गर्ने, देशको स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने र आजको संविधानले भनेको जस्तो समृद्ध नेपाल, समाजवादी नेपाल निर्माण गर्ने दिशातर्फ अघि बढ्नुपर्ने आवश्यकता छ ।’
सम्मानित नेता खनालले स्व. थापाको जीवन नेपालीहरुका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गरे ।





























प्रतिक्रिया