पत्रकार महासंघले राष्ट्रपतिविरुद्ध वक्तव्यबाजी गरेर गल्ती गर्‍यो -प्रेस चौतारी

पत्रकार महासंघले राष्ट्रपतिविरुद्ध वक्तव्यबाजी गरेर गल्ती गर्‍यो -प्रेस चौतारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेनिकट प्रेस चौतारी नेपालले पत्रकार महासंघ केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी गरिएको विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेको विषयमा महासंघले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको चौतारीले राष्टपतिविरुद्ध समेत बक्तव्यवाजी गरेर गम्भीर गल्ती गरेको बताएको हाे । 

‘नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस विज्ञप्तीप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ शुक्रबार चौतारीका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्नाे मूल उद्देश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भ्रातृ संगठनका रुपमा सम्माननीय राष्टपतिविरुद्ध समेत बक्तव्यवाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ।’

Avatar

Skip This
Skip This
Logo