निर्वाचन चिह्नबारे भ्रम सिर्जना नगर्न निर्वाचन आयोगको आग्रह, हाम्रो नेपाली पार्टीसँग स्पष्टिकरण माग

निर्वाचन चिह्नबारे भ्रम सिर्जना नगर्न निर्वाचन आयोगको आग्रह, हाम्रो नेपाली पार्टीसँग स्पष्टिकरण माग

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन चिह्नबारे भ्रम सिर्जना गरेकोप्रति ध्यानकर्षण भएको जनाएको छ। 

आयोगले एक विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेको चुनाव चिह्न स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको प्रति ध्यानाकर्षण भएको जनाएको हो। 

दललाई प्रदान गरिएको निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारहरूलाई प्रदान गर्न नसकिने आयोगले प्रष्ट पारेको हो । 

आयोगले दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना भएको जनाएको छ।

आयोगले त्यस्ता भ्रामक कुराहरू प्रचारप्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्री तुरुन्त हटाउन निर्देशन दिएको हो । तीन दिनभित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले आदेश दिएको हो।

Skip This
Skip This
Logo