कास्कीमा दुई लाख ९१ हजार बढी मतदाता संख्या कायम

कास्कीमा दुई लाख ९१ हजार बढी मतदाता संख्या कायम

केन्द्रबिन्दु
0
Shares

कास्कीमा ९ हजार ७३५ जना मतदाता थपिएका छन् ।

स्थानीय तहको निर्वाचन पछि कास्कीमा ९ हजार ७३५ जना मतादाता थपिएका हुन् । कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ जना मतदाता रहेको थियो । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनमा मतदाता थप भएपछि दुई लाख ९१ हजार ५६८ जना मतदाताले मतदान गर्ने भएका छन् । 

कुल मतदातामध्ये पुरुष मतदाताको संख्या एक लाख ३९ हजार ४२ जना, महिला एक लाख ५२ हजार ५२२ जना र अन्य चारजना रहेका छन्। एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा प्रतिनिधिसभाका लागि तीन र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र रहेका छन्।

जिल्लाको क्षेत्र नम्बर १ मा कुल मतदाताको संख्या एक लाख १० हजार ७१५ रहेको छ। क्षेत्र नम्बर २ मा कुल मतदाता ७९ हजार १३८ जना रहेका छन्। यस्तै कास्की क्षेत्र नम्बर ३ मा कुल मतदाताको संख्या एक लाख एक हजार ७१५ जना रहेका छन्। 

Skip This
Skip This
Logo