सुदूरपश्चिममा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा १६ लाख ३२ हजार एक सय ५० मतदाता रहेका थिए । आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा महिला मतदाताको संख्या आठ लाख ३१ हजार चार सय ७० र पुरुष मतदाताको संख्या आठ लाख ६ सय ६२ रहेको थियो ।
आगामी निर्वाचनका लागि महिला मतदाता आठ लाख ४२ हजार सात सय ७४ र पुरुष मतदाता संख्या ८ लाख १५ हजार दुई सय १२ रहेको छ ।
सुदूरपश्चिमा पुरुष भन्दा महिला मतदाता २७ हजार पाँच सय ६२ ले बढी छन् । १८ जना अन्य मतदाताहरु रहेका छन् ।





























प्रतिक्रिया