आजदेखि मध्यम तथा लामो दुरीका सवारी साधनको यान्त्रिक परीक्षण हुने

आजदेखि मध्यम तथा लामो दुरीका सवारी साधनको यान्त्रिक परीक्षण हुने

केन्द्रबिन्दु
0
Shares

आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण गरिने भएको छ । 

पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारले चाडबाडमा दुर्घटना नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यातायात व्यवस्था विभागबाट आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने छ । 

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको हिजोको बैठकले दुर्घटना रोक्न सवारी साधनमा टाइम कार्ड लागू गर्नेसहितका विभिन्न १४ निर्णय गरेको छ ।

यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo