सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेकाे रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयका नाममा विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हाे ।
राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज भएको हो । विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।
रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । तर, रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।





























प्रतिक्रिया