धनकुटाका माओवादी नेताहरूको सामूहिक राजीनामा, स्वतन्त्रमा उठ्ने

धनकुटाका माओवादी नेताहरूको सामूहिक राजीनामा, स्वतन्त्रमा उठ्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा धनकुटाका इञ्चार्ज हेमराज भण्डारीसहित जिल्लाका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

आगामी निर्वाचनमा माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि आइतबार नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा पत्रकार सम्मेलनमार्फत जिल्लाका नेताहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।राजीनामा दिनेमा पोलिटव्युरो सदस्य भण्डारीसहित केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्यहरु रहेका छन् । 

साथै धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारका रुपमा पोलिटव्युरो सदस्य भण्डारीलाई अघि बढाउने निर्णय पनि भएको छ । पत्रकार सम्मेलनमा बोल्दै उनले आफू स्वतन्त्र रुपमा बसेर राजनीतिक पार्टीलाई सवक सिकाउने बताएका छन् ।  स्वतन्त्र समूहको भेला गरी नयाँ जागरणको अभियान गर्ने उनको भनाई थियो ।

 

Skip This
Skip This
Logo