राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न मिश्र सहमत, छिट्टै पार्टी एकता गर्ने निर्णय

राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न मिश्र सहमत, छिट्टै पार्टी एकता गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विवेकशील साझा पार्टीको एउटा समूहसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ ।

राप्रपाले विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई निष्कर्षमा पुर्‍याउदै एकता गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको राप्रपाको कार्य सम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय लिएको बताइएको छ । मंगलबार दुई पक्षबीच सम्झौता हुने सम्भावना रहेको बताइएको छ ।

प्रारम्भमा मिश्रलाई अध्यक्ष पछिको दोस्रो वरियतामा रहने गरी सह-अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, राप्रपाभित्र त्यसमा सहमति हुन नसकेपछि अहिले वरिष्ठ उपाध्यक्ष बनाउन भने सहमति जुटेको बताइएको छ । 

Logo