सत्ता गठबन्धनको कार्यदल बैठकले प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरेको छ ।
पाँच दलीय गठबन्धनको कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सोमबार र मंगलबार बसेको बैठकले प्रदेसभातर्फको प्रस्ताव तयार गरेको हो ।
सिट बाँडफाँटमा करिब ८० प्रतिशतमा सहमति नजिक पुगेको बताइएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिट बाँडफाँटको प्रस्ताव शीर्षस्थ नेतृत्वमा बुझाइसकेको र त्यस विषयमा शीर्ष नेताहरु छलफलमा रहेको बताइएको छ ।
निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका तय गरेको छ ।





























प्रतिक्रिया