काठमाडौं आइपुगिन् अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो

काठमाडौं आइपुगिन् अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो

केन्द्रबिन्दु
0
Shares

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल भ्रमणमा आइपुगेकी छिन् । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहेकी ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आएकी हुन् । उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने छिन् ।

Logo