जसपाको गठबन्धनबाट बाहिरिने संकेत, कार्यकारिणी समितिले गर्‍यो यस्ताे निर्णय

जसपाको गठबन्धनबाट बाहिरिने संकेत, कार्यकारिणी समितिले गर्‍यो यस्ताे निर्णय

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा भैरहेको सीट बाँडफाँडमा असन्तुष्टि व्यक्त गरेको छ । 

शनिबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा नेताहरुले पाँच दलीय गठबन्धनमा सिटको बाँडफाँटसम्बन्धी छलफलमा पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका हुन् । 

बैठकले आगामी निर्वाचनका लागि गठबन्धनको विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि सीट तालमेल गर्न सकिने र सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले एक प्रेस नोट जारी गर्दै भनेका छन्, ‘५ दलीय गठवन्धनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भईरहेको सीट बांटफांटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि संतोषजनक अवस्था नदेखिएको हुंदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निवॉचनमा सीटको तालमेल गनॅ सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निवॉचनमा भाग लिने निर्णय गरिन्छ।’ 

उनको यो प्रेस नोटले जसपा गठबन्धनबाट बाहिरिन सक्ने संकेत देखाएको छ । 
 

Skip This
Skip This
Logo