कालापानी क्षेत्रमा चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण, राष्ट्रपतिले उद्घाटन गर्ने

कालापानी क्षेत्रमा चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ निर्माण, राष्ट्रपतिले उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर कालापानी क्षेत्रमा राष्ट्रिय स्तम्भ निर्माण गरिएको छ ।

ब्यास गाउँपालिकाले चुच्चे राष्ट्रिय स्तम्भको निर्माण गरेको हो । सो स्तम्भको उद्घाटन राष्ट्र प्रमुख विद्यादेवी भण्डारीबाट गराइने भएको छ । नेपालको कालापानी क्षेत्र सधैँ भारतको सीमा अतिक्रमण गरेको विषयले चर्चामा आउने गरेको छ । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरेपछि यसको चर्चा थप चुलिएको थियो ।

ओली नेतृत्वको सरकारले नक्सा जारी गरे पनि भारतले त्यस क्षेत्रमा जाने सडक निर्माणको काम भने जारी नै राखेको छ ।  स्थानीय सरकारको नेतृत्व गरेका ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीको टिमले कालापानी क्षेत्रमा चुच्चे नक्सा समेटिएको राष्ट्रिय स्तम्भ ठड्याएको छ । कालापानी क्षेत्रमा बनेको सो स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्यसतर्फ जाने निश्चित भएको छ ।

ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा निर्माण भएको स्तम्भ उद्घाटनका लागि असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला जाने राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । व्यास गाउँ कार्यपालिका बैठकले गत साउन ९ गते राष्ट्रपति भण्डारीलाई व्यास भ्रमणको निम्तो दिने निर्णय गरेको थियो ।

अध्यक्ष धामीले कालापानी क्षेत्रमा राज्यको उपस्थिति गराउनका लागि राष्ट्रपतिको भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभयो । पालिकाले करिब १५ लाख बजेटमा यो स्तम्भ निर्माण गरेको हो । चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ उद्घाटनका लागि कालापानी क्षेत्रमा राष्ट्रपतिको उपस्थिति हुनुलाई महत्त्वका साथ हेरिएको छ ।

Logo