नेकपा (माओवादी केन्द्र) को समानुपातिक बन्दसूचीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ ।
माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताए । प्रारम्भिक सूचीमा उनको नाम पहिलो नम्बरमा राखिएको थियो ।
तर महराकै आग्रहमा नाम हटाएर हितराज पाण्डेको नाम राखिएको गरिएको जनाइएको छ । प्रत्यक्षका लागि सिफारिस गरिए पनि उनी समानुपातिकतर्फ बसेका थिए । उनी यसअघि रोल्पा र दाङबाट प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका थिए । उनी पूर्वसभामुखसमेत हुन् ।































प्रतिक्रिया