राष्ट्रपति भण्डारीले लगाइन् दसैँको टीका

राष्ट्रपति भण्डारीले लगाइन् दसैँको टीका

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको टीका ग्रहण गरेकी छन् । 

बुधबार शीतलनिवासमा टीकाको सुभ साइत ११ः५१ बजे गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट उनले दशैंको टीका ग्रहण गरेकी हुन् ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीले गुरुहरु अर्याल र ढकाललाई बडा दशैंको टीका लगाई दक्षिणा दिएकी थिइन् । सो अवसरमा उनले छोरी ज्वाई, भाईबुहारीसहितका आफन्तहरु, आफ्ना निजी सचिवालय, राष्ट्रपति कार्यालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरुलाई पनि बडादशैंको टीका लगाई दिइन् । 

राष्ट्रपतिले आजै विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ  ।

Logo