सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । तर, बिहानैदेखि जारी बैठकमा गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित भएको छ ।
गठबन्धनसँग असन्तुष्ट बनेका जसपाका अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग चुनावी तालमेलका लागि सहमतिको तयारी गरिरहेका छन् । बिहीबार पनि उनी बालुवाटारमा गएका थिएनन् । उनी एमाले नेतृत्वसँग छलफलका लागि बालकोट पुगेका थिए । गठबन्धनले उनलाई पर्खिएको थियो । तर, अबेरसम्म पनि नआएपछि आज बिहानसम्म पर्खनेगरि गठबन्धनको बैठक सकिएको थियो ।
तर, आज पनि जसपाका नेताहरु बैठकमा नआएको बताइएको छ ।
गठबन्धनमा चित्तबुझ्दो सिट नपाएपछि जसपाले एमालेसँग सहकार्य गर्न लागेको हो। गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिइएपछि अध्यक्ष यादव रुष्ट बनेका छन् । तर, जसपा नेताहरका अनुसार गठबन्धन फुटाउने शर्तमा एमालेले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ ।





























प्रतिक्रिया