भीम रावललाई दिएन एमालेले अछाममा टिकट

भीम रावललाई दिएन एमालेले अछाममा टिकट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् । 

१० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम–१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन् । उनको ठाउँमा झपट बोहराले प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् । 

यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट नदिएको हो । नेकपाको एकता बदर हुँदाताका माधव-प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए । रावलसहितका नेता अहिले एमालेमा १० भाइले चिनिन्छन् । 

एमालेमै बसेका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १० औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए । रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाको टिकट कैलाली २ मा झपट रावलले नै पाएका छन् । त्यस्तै नेकपा एसबाट फर्किएका तारा लामा तामाङले कञ्चनपुर २ मा टिकट पाएका छन् । केहीले भने प्रदेशमा टिकट पाएका छन् । 

 

Skip This
Skip This
Logo