प्रत्यक्षतर्फ महिला मनोनयन ९ प्रतिशत हाराहारी मात्रै

प्रत्यक्षतर्फ महिला मनोनयन ९ प्रतिशत हाराहारी मात्रै

केन्द्रबिन्दु
0
Shares

राजनितिक दलहरुले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याई गरेका छन् । 

संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेपनि हिँजो भएको मनोनयन दर्तामा करिब ९ प्रतिशत हाराहारी मात्रै महिला रहेका छन् । निर्वाचन आयोगले प्रारम्भिक रुपमा उपलब्ध गराएको विवरण अनुसार महिलाको उम्मेदवारी ९ प्रतिशत हाराहारी मात्रै छ । विभिन्न जिल्लाबाट विवरण आउने र अद्यावधिक हुने चले पनि महिला उम्मेदवारीको अनुपात एकाध प्रतिशतभन्दा हेरफेर हुने देखिंदैन । 

निर्वाचन आयोगको केहीबेरअघिको विवरण अनुसार प्रतिनिधिसभातर्फ देशव्यापी रुपमा २ हजार १२८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये १९१ जना महिला छन् भने १ हजार ९३७ जना पुरुष हुन् । कुल उम्मेदवारीको ८.९७ प्रतिशत मात्रै हो । प्रदेशसभातर्फ २ हजार ८४५ जनाको उम्मेदवारी परेकोमा २ हजार ६०० जना पुरुष हुन् भने २४४ जना मात्रै महिला छन् । एक जना ‘अन्य’ लिंगका हुन् । प्रदेशसभामा कुल उम्मेदवारीको ८ दशमलव ५७ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको छ । 
 

Logo