प्रदीप पौडेललाई बालेन र सुनिताले दिए जितको शुभकामना

प्रदीप पौडेललाई बालेन र सुनिताले दिए जितको शुभकामना

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चुनावमा जित्न शुभकामना दिएका छन्।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट उठेका कांग्रेस नेता पौडेललाई सोमबार हाँडी गाउँको जात्राको क्रममा भएको भेटमा महानगरका मेयर साह र उपमेयर  सुनिता डंगोलले जितको लागि अग्रिम शुभकामना दिएका हुन् ।

पौडेलले आइतबार काठमाडौं–५ बाट मनोनयन दर्ता गरिसकेका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 
तर, सो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल तथा स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना र कलाकार मधुसुदन पाठक 'सिते बा'ले पनि मनोनयन दर्ता गराएका छन् ।

Logo