सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्ने तयारी भएको हो । 

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रमा सत्ता गठबन्धनकै दलबाट परेको बागी उम्मेदवारीका विषयमा शीर्ष नेताहरूबीच छलफल हुने छ। पार्टीमा टिकट नपाएपछि असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

साथै बैठकमा जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने विषयमा पनि छलफल हुने बताइएको छ । जसपाले गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि सरकारमा रहेका जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने तयारी भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह रहेका छन् । 

Logo