बुधबारसम्म बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, नलिए पार्टीबाटै निकाल्ने

बुधबारसम्म बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, नलिए पार्टीबाटै निकाल्ने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

साथै निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा बुधबार दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी पनि गठबन्धनले दिएकाे छ । 

विज्ञप्ति-

Logo