सिरहामा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहामा स्वतन्त्र उम्मेदवारको वर्चस्व

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहामा पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व रहेको छ । चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी मध्ये ११९ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरूले गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बढेको आंकलन गरिएको छ । तर, स्वतन्त्र उम्मेदवारहरू पार्टीहरूले जनताको भावनामाथि खेलबाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गर्छन् ।

सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएकाले त्यही दलमा बसेर उनीहरूको विरोध गर्न नसकिने भएकाले आफू स्वतन्त्र भएको बताए । उनले भने, ‘एउटा कालखण्ड पार्टी राजनीतिमा बिताएँ, त्यही दलहरू अहिले भ्रष्टाचारमा लिप्त छन्, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न सम्भव नभएकाले म स्वतन्त्र भएँ ।’

सिरहा क्षेत्र नम्बर २ कै अर्का स्वतन्त्र उम्मेदवार पत्रकार महासंघ केन्द्रीय सदस्य देव कुमार यादवले राजनीति दलबाट निर्वाचित भएका नेताहरूले जनताको भावना विपरीत दलिए दबाबमा परि जनताको हितमा काम नगरेकोेले  आफले स्वतन्त्र उम्मेदवारी दिएको सुनाए । उनले भने- दलिए जनप्रतिनिधिहरूले जनताको आधारभूत आवश्यकतालाई पनि पुरा गर्न नसकेकोले स्वतन्त्र उम्मेदवारी दिएको छु । आफ्नो चुनावी एजेन्डा नै जनताको आधारभूत आवश्यकता शिक्षा,कृषि,स्वास्थ्य,र सरफाइमा राखेकोले दलिए प्रवृत्ति हैन स्वतन्त्रलाई रोजन मतदाहरूलाई आग्रह समेत गरे । 

दलितय व्यवस्थामा संस्थागत भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचार र कुशासनको विरुद्ध आफूले उम्मेदवारी दिएको उनको भनाई छ । प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । जस मध्ये ४८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि ११९ जनाले उम्मेदवारी दिएका छन्, भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतका कार्यालय सिराहाले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभा गरी १२ क्षेत्रमा पार्टीकोभन्दा बढीले उम्मेदवारी दिएका छन्। करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभाको लागि सिरहा क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारी परेका छन्। जसमध्ये १० जना स्वतन्त्र र १३ जना पार्टीका उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा जम्मा २३ जनाको उम्मेदवारी पर्दा १५ जना स्वतन्त्र र ८ जनामात्र पार्टीबाट उम्मेदवारी परेका छन् ।

त्यसैगरी, सिरहा ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारमध्ये १४ जनाले स्वतन्त्र र पार्टीका ८ उम्मेदवार छन् । क्षेत्र नम्बर ४ बाट जम्मा १९ जना उम्मेदवारी दिएका छन्। जसमध्ये स्वतन्त्र ९ र दलका १० जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. १ को ‘क’ बाट जम्मा १६ जना उम्मेदवारी पर्दा ६ जना स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । ‘ख’ बाट जम्मा १४ जना उम्मेदवार जसमध्ये ६ जना स्वतन्त्र र ८ पार्टीका छन् ।

क्षेत्र नं. २ को ‘क’ बाट जम्मा १५ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ८ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन्। ‘ख’ बाट जम्मा १६ जनाको उम्मेदवारी पर्दा ९ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन् ।

क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यको ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिँदा १३ जना स्वतन्त्र र ५ पार्टीका उम्मेदवारी परेको छ। ‘ख’ बाट जम्मा १४ जना उम्मेदवारी परेको छ। जसमध्ये ९ जना स्वतन्त्र र ५ पार्टीका छन् ।

प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. ४ का ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १० जना स्वतन्त्र र ८ पार्टीका छन् । ‘ख’ मा जम्मा १८ जना उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र र ७ पार्टीका छन् ।

Skip This
Skip This
Logo