आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा डडेल्धुराबाट उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा उनले सो चिन्ह पाएका हुन् ।
सो क्षेत्रमा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिस्पर्धा गर्दैछन् । त्यसकारण पनि ढकाल चर्चित छन् ।
डडेल्धुरामा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले भने उम्मेदवारी फिर्ता लिएका छन् । सो क्षेत्रमा एमालेले कांग्रेस बिपीलाई सघाउने भएको छ ।





























प्रतिक्रिया