निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगको सुची अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने भएका छन् ।
आयोगले वुधबार मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।





























प्रतिक्रिया