सेना, प्रहरी राखेर अनुगमन गर्ने संयन्त्र हटाउन माग गरिएको छ ।
निर्वाचन आयोगको ‘प्रेस अफिस’ नामक संरचनामा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गरेको भन्दै सरोकारवालाले विरोध जनाएका हुन् । प्रेस काउन्सिल नेपालले काउन्सिलका पूर्वपदाधिकारी, सञ्चार संस्था, दल निकट प्रेस संस्थाका पदाधिकारीले निर्वाचन आयोगको कदमको विरोध गरेका हुन् ।
निर्वाचन आयोगको ‘प्रेस अफिस’ नामक संरचनामा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गरेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलका पूर्वपदाधिकारी, सञ्चार संस्था, दल निकट प्रेस संस्थाका पदाधिकारीले निर्वाचन आयोगको कदमको विरोध गरेका हुन् ।
काउन्सिलले आउँदो निर्वाचन र आचारसंहिता विषयमा गरेको छलफलमा वक्ताहरुले निर्वाचन आयोगले आचारसंहिता पालना गराउने नाममा शाही कालको झल्को दिन लागेको आरोप लगाए । पत्रकार महासंघका सचिव गोविन्द चौलागाईंले आयोगले अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरोधी संयन्त्र बनाएको बताए । आयोगको कदम गलत भएको भन्दै महासंघले तत्काल नसच्चिए प्रतिवाद गर्ने यसअघि नै विज्ञप्ती जारि गरेको छ ।
निर्वाचन आयोगले मिडिया र सामाजिक सञ्जालमा आउने सामग्री अनुगमन गर्न प्रेस अफिसको स्थापना गरेको छ । आयोगका सहसचिवको संयोजकत्वमा बनेको संयन्त्रमा सेना, प्रहरीको साइबर ब्युरोका प्रतिनिधि, विज्ञापन बोर्ड, दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिलको प्रतिनिधिसमेत राखिएको छ । मिडिया अनुगमन गर्न राखिएको कर्मचारी र उनीहरु एकै ठाउँमा राखिएको छ ।
काउन्सिलको अधिकार कटौती गर्ने गरी आयोगले नै मिडिया अनुगमन गरेको भन्दै काउन्सिल र आयोगबीच द्वन्द्व सुरु भएको छ । आयोगले अनुगमनका लागि काउन्सिलबाट एक जना कर्मचारीसमेत काजमा लगिसकेको छ । अनुगमनको जिम्मेवारी नदिएपछि आफ्नो कर्मचारी फिर्ता लिनु पर्ने वक्ताहरुले काउन्सिललाई सुझाव दिए ।
आयोगले प्रेस अफिसमा जंगी कर्मचारीलाई पनि समावेश गर्नु गलत भएको प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले छलफलमा बताए । आयोगले अनुगमनको जिम्मेवारी नदिए पनि आचारसंहिता कार्यान्वयन भए नभएको विगतभन्दा बढी नै काउन्सिल सक्रिय हुनु पर्ने दाहालले सुझाव दिए । आयोगले लिएको पछिल्लो निर्णयलाई वक्ताहरुले अधिनायकवादको संज्ञा समेत दिए । मिडियाको सामग्री अनुगमन आयोगले गर्ने नभई प्रेस काउन्सिललाई दिनु पर्ने वक्ताहरुको जोड थियो ।





























प्रतिक्रिया