मोरङ क्षेत्र नं ३ मा राप्रपाबाट प्रतिनिधि सभा तर्फको उम्मेदवार रेखा थापाले आफ्नो घरदैलो कार्यक्रमको दोस्रो दिनलाई समेत निरन्तरता दिएकी छ्न् ।
क्षेत्र नं ३ को पथरिशनिश्चरे नगरपालिकाबाट आफ्नो घरदैलो कार्यक्रम शुरु गरेकी रेखाले दोस्रो दिनको घरदैलो कार्यक्रम कानेपोखरी गाउँपालिकामा गरेकी छन् । उनले कानेपोखरी गाउँपालिकाको वडा नं ७,५ र ४ का विभिन्न स्थानमा कोणसभा गरि मतदातासँग मत मागेकी हुन् । रेखाको घरदैलो कार्यक्रम कानेपोखरीको वयरवन चाेकमा पुग्दा फरक देखियो ।
शनिबार रेखाले वयरवनमा व्यापारी साथै त्यहका मतदातासँग मत मागेकी थिइन् । उनले वयरवनका एक तरकारी व्यवसायीसँग तरकारी खरिद गर्दै मत मागेकी हुन् । उनले शुक्रबार पनि पथरी बजारमा स्थानीय ब्यपारीहरुसँग मतदानको लागि अपिल गरेकी थिइन् । थापाले मतदाता भेटघाटमा मतदातालाई दोसल्ला ओडाएर सम्मान गर्नुको साथै उनिहरुको गुनासो समेत सुनेकी छन् ।
यस अघि जित हात पारेकाहरुले जताततै छिद्र छाडेको र त्यस्को उपचार गर्नु नै आफ्नो एजेन्डा रहेको थापाले बताएकी छन् । उनले भनिन्, मेरो एजेन्डा के छ भनेर प्रश्न गर्नु हुन्छ । म तपाईहरुलाई प्रश्न गर्छु यसअघी तपाईहरुले जिताउनु भएकाहरुले कुन चाहिँ काम पुर्ण गरेका छन् र मैले नयाँ एजेन्डा ल्याउने ? सुरुमा भत्केका र छिद्र भएका ठाँउ टाल्नु छ । त्यो पूरा हुन दिनुस् । त्यस्पछी बाँकी एजेन्डा बनाउँला ।
उनले पुराना पर्टी र नेतृत्वबाट वाक्क भएका मोरङ ३ का मतदानहरुमा यसपटक परिवर्तनको तीब्र इच्छा रहेकाले आफ्नो जित निश्चित भएको दाबी गरेकी छन् ।





























प्रतिक्रिया