नेकपाको महासचिवमा पुनः विप्लव चयन

नेकपाको महासचिवमा पुनः विप्लव चयन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीको  महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।

कपिलवस्तुमा भएको पार्टीको महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति चयन गरेको हो । तीन जना पछि थप्ने गरी अहिले ७८ जना छन् । नेकपाले केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ ।

वैकल्पिक केन्द्रीय समिति ४५ सदस्यीय बनाइएको छ। १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि महाधिवेशनले निर्वाचित गरेको छ । महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु गठन गर्ने एक केन्द्रीय सदस्यले जनाकारी दिए । कपिलवस्तुको शिवनगरमा ८ दिनसम्म चलेको महाधिवेशन आज सकिँदैछ ।

Logo