गोला तान्दै सर्वसाधारणसँग एमाले अध्यक्ष ओलीले गरे टेलिफोन संवाद

गोला तान्दै सर्वसाधारणसँग एमाले अध्यक्ष ओलीले गरे टेलिफोन संवाद

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधारणसँग टेलिफोन संवाद गरेका छन् । टेलिफोनमा कुरा गर्न दुई लाख बढीले नाम टिपाएपछि उनले पार्टी कार्यालय च्यासलबाट गोला तानेर परेका नम्बरमा फोन गरेर कुराकानी गरेका हुन् । 

सर्वसाधारणसँग प्रत्यक्ष जोडिन अध्यक्ष ओलीले केहीदिन अघि फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए । त्यसपछि संवादका लागि दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाएका थिए । उनले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका छन् ।

हाल सर्वसाधारणसँग कुराकानी गरेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें। तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु। दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु ।

Logo