सर्वोच्च अदालतले रूपन्देही-२ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको हो । ‘कानुनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गरूङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ आदेशमा भनिएको छ।
गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि गुरुङले क्षेत्राधिकार मिचेर निर्णय गरेको भन्दै उम्मेदवारी कायम राख्न मागसहित सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । त्यसमा न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
तर शुक्रवार दुवै पक्षको वहसपछि न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको छ । सवोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन् ।
सर्वोच्चकाे आदेश-































प्रतिक्रिया