‘भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्नेगरि काम गर्ने छु’ -सुनिल शर्मा

‘भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्नेगरि काम गर्ने छु’ -सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. सुनिल शर्माले निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा र साे क्षेत्रको भौतिक विकासमा हुने बताएका छन् । 

आइतबारेमा भएको कोण सभालाई संबाेधन गर्दै शुक्रबार उम्मेदवारर शर्माले भोट माग्न आउँदा जनताले देखाएको अपार माया र विश्वास आफ्नो लागि सबैभन्दा ठूलो सम्पति भएको बताएका छन् । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन’ उनले भने, ‘स्वास्थ्य, शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्नेगरि काम गर्ने छु ।’ 

No description available.आम नागरिकका लागि स्वास्थ्यमा पहुँच बढाउन स्वास्थ्य विमा कार्यक्रमलाई अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माको भनाइ थियो । साथै उनले आफू यसअघिका सांसद् जस्तो चुनाव जितेपछि कतै नहराउने र जनताको जुनसुकै सुख दुःखमा संगै रहने वाचा पनि गरेका छन् । 

No description available.कार्यक्रममा उम्मेदवार शर्माले मोरङमा गठबन्धनमा आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गरे । ‘देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठबन्धन गरेका छौं’ उनले भने, ‘तर मोरङमा सबैभन्दा बलियो गठबन्धन भएको छ ।’

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार नहुँदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकास र लोकतन्त्रका लागि गठवन्धनलाई जिताउन आफूभन्दा बढी खटेर लागेको उनले बताए । शर्माले भने- ‘टोल-टोलबाट खबर आइरहेको छ । गठवन्धनमा आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन् ।’

यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनको जित सुनिश्चित भएको उनको भनाइ थियो ।

Logo