जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन् ।
आगामी मंसिर ४ गतेको प्रतिनिधि सभार प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । शनिवार काठमाडौं चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धाराण अघि सारेको छ ।
अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए । उनले तिब्र रुपले देशलाई आर्थिक् क्रान्ति र समृतिर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुनु जरुरी रहेको बताए ।
उनले समानुपातिक संसद रहने र संसदले संसदीय कार्य व्यवस्थापिकीय कार्यमा सिमित रहने कुरा लागू हुन जरुरी रहेको बताए ।
उनले भने ‘अहिलेको संसदीय प्रणालीले नेपालमा न राजनीतिक स्थिरता दिनसक्यो, न संघीय गणतन्त्रलाई बलियो बनाउन सक्यो, न आर्थिक विकासतर्फ नै मुलुकलाई बढाउनसक्यो । आफ्नै अनुभवबाट पनि यो प्रणाली सफल हुन सकेको छैन । राजनीतिक स्थिरता, लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने र तिब्र रुपले अब आर्थिक क्रान्ति, आर्थिक परिवर्तनको बाटोबाट समृद्धितर्फ लैजानका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने र जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था र समानुपातिक संसद रहने र संसदले संसदीय कार्य व्यवस्थापिकीय कार्यमा सिमित रहने र कार्यकारिणी राष्ट्रपतिले सरकार निर्माण गरेर कार्यकारिणी अधिकारको उपयोग गर्ने र स्वतन्त्र र निष्पक्ष न्यायलय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति, राजनीतिक प्रभावबाट मुक्त स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नुपर्छ ।’
अध्यक्ष यादवले देशको निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै निर्वाचन प्रणाली महंगो, विकृतिमुलक भएको बताए । उनले निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली धेरै खर्चिलो भएको र यो प्रणाली निरन्तर रहने हो भने सामान्य नागरिकले चुना लड्नसक्ने अवस्था नरहने उनले जिकिर गरे ।
अध्यक्ष यादवले अहिलेको सात प्रदेशको संरचना अव्यवहारिक भएको उल्लेख गर्दै १० वटा प्रदेश हुनुपर्ने बताए ।
प्रतिक्रिया