चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ -अध्यक्ष ओली

चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा अध्यक्ष ओलीले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताएका हुन् । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो ।

बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनावारीमा महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ उनले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।

अध्यक्ष ओलीले सहिद ऋषिराज देवकोटाको विषयमा पनि प्रकाश पारेका थिए । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार बनेका छन् । उनले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट मागे ।  

Logo