सत्ता गठबन्धनलाई बहुमत आउने अध्यक्ष प्रचण्डको दाबी

सत्ता गठबन्धनलाई बहुमत आउने अध्यक्ष प्रचण्डको दाबी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरामसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरेका हुन् । उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जानेछ ।

‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौं, प्रधानमन्त्रीका कारण गठबन्धन टुटदैन्,’ अध्यक्ष प्रचण्डले भने ।

Logo