धनगढीको शारदा मावि नजिक बम विस्फोट

धनगढीको शारदा मावि नजिक बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

धनगढीको शारदा मावि मतदानस्थल नजिकै बम विस्फोट भएको छ । विस्फोटनबाट क्षति भने पुगेको छैन । घटनास्थलमा सेनासहित सुरक्षाकर्मीको टोली  परिचालित छ ।

सुरक्षास्रोतका अनुसार कैलालीमा शनिबार रातिदेखि हालसम्म विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार बिहान गौरिगंगा नगरपालिका ८ बडैपुरमा रहेको मतदानस्थल नजिकै राखिएको विस्फोटक पदार्थ सेनाले निष्क्रिय गरेको छ ।

यस्तै, टीकापुर, भजनी, लम्कीचुहाका विभिन्न मतदानस्थल नजिक राखिएका विस्फोटक वस्तुहरु निष्क्रिय पारिएको सेनाको तेघरीस्थित गणले जनाएको छ ।

Logo