मोरङमा बम बिष्फोट हुँदा मतदान स्थगित

मोरङमा बम बिष्फोट हुँदा मतदान स्थगित

केन्द्रबिन्दु
0
Shares

मोरङ क्षेत्र नं–६ को बुढीगंगा गाउँपालिका–१, करैया देवस्थल मतदान केन्द्रमा बम बिष्फोट भएको छ । बिष्फोटपछि केहीबेर यता मतदान स्थगित भएको छ । मतदान भइरहेका बेला ‘क’ मतदान केन्द्रको मतपेटिका राखिएको ठाउँमा माटो मुनिबाट अकस्मात् बिष्फोट भएको थियो । बिष्फोटका कारण मतपेटिका समेत माथि उडाएको प्रत्यक्षदर्शीले बताएका छन् । 

बिष्फोटपछि सो केन्द्रमा अहिले सेना परिचालन गरिएको छ । मतदान केन्द्रलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्र वरपर नेपाली सेनाको टोलीले स्क्रिनिङ गरिसकेपछि पुनः मतदान सुरु गरिने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सुरूमा मतदान केन्द्र बाहिर पटाका जस्तो फुटेको भन्दै ढाँटेका थिए । उनले अहिले मतदान केन्द्र नेपाली सेनाको टोलीले स्क्उान गरिसकेकाले चाँडै मतदान सुरू हुने दावी गरे ।
 

 

Logo