आफ्नो मत पहिल्यै अरुले हालेपछि दार्चुलाको शैल्यशिखरमा झडप, प्रहरीद्वारा हवाई फायर

आफ्नो मत पहिल्यै अरुले हालेपछि दार्चुलाको शैल्यशिखरमा झडप, प्रहरीद्वारा हवाई फायर

केन्द्रबिन्दु
0
Shares

दार्चुलाको शैल्यशिखरमा पनि मतदानको विषयमा विवाद हुँदा झडप भएको छ । 

शैल्यशिखर नगरपालिका- ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मतदानको विषयमा विवाद हुँदा दुई पक्षीय झडपको स्थिती सृजना भएपछि प्रहरीले हवाइ फायर गरेको हो। 

एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि उत्पन्न विवादमा एक जना महिलाको टाउकोमा प्रहरीले लाठी प्रहार गरेकाे थियो। त्यसपछि स्थानीय बासिन्दाले ढुंगामुढा गर्न थालेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेकाे हाे । 

त्यसपछि केही समय मतदान स्थगित भएको थियो। अहिले भने मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

Logo