जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख (सीडीओ) रुद्रादेवी शर्माले भक्तपुरमा मतदान गर्नको लागि सहज रहेको बताएकी छन् ।
आईतवार सीडीओ शर्माले भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको बताएकी हुन् । उनले भक्तपुरमा पूर्ण शान्ति सुरक्षा रहेकाले ढुक्कसँग मताधिकारको प्रयोग गर्न मतदातासमक्ष आग्रह गरिन् ।
उनले भनिन्- ‘भक्तपुरमा सबै मतदान केन्द्रमा सुचारु रुपमा, सहज रुपमा मतदान भइरहेको छ । जिल्लामा पूर्ण शान्ति सुरक्षा छ । सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गर्न सक्नुहुनेछ ।’
प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यका लागि आज एकैचरणमा देशभर निर्वाचन भइरहेको छ । गृह मन्त्रालयले देशभर अहिलेसम्म ४५ प्रतिशत भन्दा धेरै मतदान भइसकेको जनाएको छ ।





























प्रतिक्रिया