चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना सोमबार दिउँसो ११ बजेबाट सुरु हुने भएको छ ।
केहीबेर अघि सकिएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो । चितवन १ मा एमालेका सुरेन्द्र पाण्डे र कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा मत गणनाका लागि सर्वदलीय बैठक जारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेसहित उम्मेदवार रहेका छन् । चितवनको मत गणनामा ढिलाइ भएको भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।





























प्रतिक्रिया