काठमाडौँ– भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना भइरहेको छ । मतगणनामा कांग्रेसका दुर्लभ थापाले २ हजार २३० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मत ल्याइ पच्छाइरहेका छन् ।
यस्तै, राप्रपाका मोहन केसीले १२३ मत ल्याएका छन् । भक्तपुर क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भइसकेको छ । भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।































प्रतिक्रिया