मकवानपुरमा मतगणना सुरु

मकवानपुरमा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा पनि मतगणना सुरु भएको छ ।

क्रमश प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको प्रत्येक्ष र समानुपातिकतर्फको मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए । १० स्थानबाट मतगणना गरिने उनले बताए । बिहान बसेको सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि प्रतिनिधिहरूको पास बनाउन समय लागेकोले एक घण्टा ढिला गरी मतगणना सुरु गरिएको उनको भनाइ छ ।

मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा र राप्रपाका दिपक सिंह प्रतिस्पर्धी छन् । यसैगरी मकवानपुर(२ मा एकीकृत समाजवादीका विरोध खतिवडा, नेकपा एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीबिच प्रतिस्पर्धा छ ।

Logo