ललितपुर-२ मा प्रेमबहादुर मर्हजनको अग्रता कायमै

ललितपुर-२ मा प्रेमबहादुर मर्हजनको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता कायमै गरेको छ।

सोमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मत ल्याएका छन्। हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त गरेका छन्।

यस्तै, राप्रपाका रघुवरराज थापाले ३ हजार ४३४, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २६२ र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले २ हजार ८२८ मत ल्याएका छन्। सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ।

Logo