मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार विकल शेरचन निर्वाचित भएका छन् ।
शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई साघुँरो मतान्तरले पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत पाउँदा गौचनले २ हजार ५६५ मत ल्याएका थिए । योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्विप गरेको छ ।
यसअघि मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।
साथै प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।
मुस्ताङमा एमालेका तीनै उम्मेद्वार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेद्वारले डेब्यु गरेका हुन् । २०७४ को निर्वाचनमा भने यस जिल्लामा एमालेले क्लिन स्विप गरेको थियो ।





























प्रतिक्रिया