प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार देउवा हजार ७८७ मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले २ हजार ७९७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १ हजार ६९० मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातमा दोस्रो स्थानमा देखिएका मल्ललाई ढकालले पछि पारेका छन् । डडेल्धुरामा सोमबार साँझदेखि मतगणना भइरहेको छ । अहिले पनि मतगणना जारी छ ।





























प्रतिक्रिया