मुगुमा बेलुकादेखि मात्रै मतगणना सुरु हुने

मुगुमा बेलुकादेखि मात्रै मतगणना सुरु हुने

केन्द्रबिन्दु
0
Shares

 

मतदान भएको तीन दिनपछि मुगुको मतगणना आज बेलुकादेखि सुरु हुने भएको छ । कुल ६६ मतदान केन्द्रमध्ये ५ मतदान केन्द्रको मत पेटिका आउन बाँकी भएकाले मतगणना ढिला भएको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले बताए ।

‘हामीले मत पेटिका संकलन गरी रहेका छौं । अब ५ मतदान केन्द्रका मत पेटिका हिँडेरै ल्याउन कर्मचारीहरु गएका छन् । बेलुकासम्म सबै मत पेटिका संकलन भई सक्छ’ बर्देवाले भने, ‘सबै मत पेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर आजैबाट मतगणना सुरु गर्ने तयारी गरेका छौं ।’

यस जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरी, नेकपा एमालेबाट राजबहादुर कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजबहादुर मल्ल उम्मेदवार छन् ।

Skip This
Skip This
Logo